दफा २४
उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
(१) प्रतिष्ठानले यस ऐनबमोजिम गर्नु पर्ने कुनै कामको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यटोलीको काम, कर्तव्य, अधिकार र कार्यविधि तथा त्यस्तो उपसमिति वा कार्यटोलीका सदस्यले पाउने सुविधा प्रतिष्ठानले तोकिदिएबमोजिम हुनेछ ।